पछिल्लो २४ घण्टामा नेपालमा कोरोना भाइरसका २१ सय ३ जना संक्रमित थपिएका छन् ।
योसंगै कुल संक्रमितको सख्या २ लाख १५ हजार २० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
तेस्तै पछिल्लो चौबीस घण्टामा देशैभर कोरोना संक्रमणबाट १७ जनाको मृत्यु भएको छ ।
कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या एक हजार २७६ पुगेको मन्त्रालयले जनाएको छ ।
आज २ हजार ८ सय ५८ जना संक्रमणमुक्त भएका छन् ।
आजसम्म १ लाख ८५ हजार ६ सय ३८ जना संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।








