कांग्रेस प्रबक्ता बिश्व प्रकाश शर्माले नेपाली कांग्रेस सरकारमा नजाने प्रष्ट पारेका छन । नेपाली कांग्रेसका सभपाति शेरबहादुर देउवा र प्रधानमन्त्री केपी ओली बिच बालुवाटारमा भएको भेटघाटमा प्रधानमन्त्री ओलीले कांग्रेसलाई सरकारमा सहभागी हुन आग्रह गरेको खबर सार्बजनिक भए लगत्तै प्रबक्ता शर्माले सामाजिक सञ्जाल ट्विटर मार्फत यस्तो जानकारी गराएका हुन ।
न्यू सञ्चार सग थप कुराकानी गर्दै प्रबक्ता शर्माले बर्तमान कम्युनिष्ट सरकार भ्रष्टाचारमा डुबेर जनताको नजरमा खस्की सकेको र सरकार पुरै असफल भईसकेकोले यस्तो सरकारमा सहभागी हुने कुरा सोच्न पनि नसकिने बताए ।
शनिबार बालुवाटारमा भएको दुई नेताको भेटघाटमा ओलीले नेपाली कांग्रेसलाई आठ मन्त्रालय दिने प्रस्ताव राखेको भन्ने समाचार सार्बजनिक भए सगै सामाजिक सञ्जालामा देउबाले बर्तमान कम्युनिष्ट सरकारमा सहभागी हुने निर्णय लिन सक्ने भन्दै देशैभरिका कांग्रेस नेता कार्यकर्ता र शुभचिन्तकहरुले खबरदारी गरी रहदा प्रबक्ता शर्माको यस्तो प्रस्टोक्ती आएको हो ।
कोहि कसैलाई केही छ भने ५ बर्ष विपक्षमा बस्ने प्रष्ट जनादेश छ कांग्रेसलाई , अत कुनैपनि भड्कावबाट टाढा छौं,रहनेछौं , नेपाली कांग्रेस नेकपाको द्वन्द्वसंग विलकुल निरपेक्ष रहेको भन्दै उनले नेकपाको जोड घटाउमा कांग्रेसको शिर गन्ने धृष्टता कोहिबाट नहोस् भनेका छन ।









