नेपाली कांग्रेसका युबा नेता प्रदीप पौडेलले जनताको नजरमा इतिहाँसकै असफल ओली सरकारसँग सम्झौता नगर्न सभापति शेर बहादुर देउवालाई आग्रह गरेका छन्। आइतबार एक ट्वीट गर्दै उनले केन्द्रीय समितिले ओली सरकारले वैद्यता गुमाएको निर्णय गरिसकेकाले यो सरकारसँग सम्झौता नगर्न आग्रह गरेका हुन्।
नेपाली कांग्रेसका सभपाति शेरबहादुर देउवा र प्रधानमन्त्री केपी ओली बिच बालुवाटारमा भएको भेटघाटमा प्रधानमन्त्री ओलीले कांग्रेसलाई सरकारमा सहभागी हुन आग्रह गरेको खबर सार्बजनिक भए लगत्तै उनले देउबालाई यस्तो आग्रह गरेकाअ हुन ।
‘हामीले बारम्बार ओली प्रवृत्तिलाई इन्कार गरेका छौं।केन्द्रीय समितिले ओली सरकारले वैद्यता गुमाइसकेको निर्णय गरिसकेको छ‚’ पौडेलले लेखेका छन्‚ ‘जन नजरमा इतिहासकै असफल ओली सरकारसँग सम्झौता नगरियोस्। हेक्का रहोस्‚ कांग्रेस एउटा व्यक्ति होइन‚ लाखौं सहिदको बलिदानले बनेको संस्था हो। पॅँच वर्ष हामी प्रतिपक्षमा रहन्छौं।’
नेकपाभित्र संकट बढ्दै गएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग छलफल गरेका थिए।शनिबार बालुवाटारमा भएको दुई नेताको भेटघाटमा ओलीले नेपाली कांग्रेसलाई आठ मन्त्रालय दिने प्रस्ताव राखेको भन्ने समाचार सार्बजनिक भए सगै सामाजिक सञ्जालामा देउबाले बर्तमान कम्युनिष्ट सरकारमा सहभागी हुने निर्णय लिन सक्ने भन्दै देशैभरिका कांग्रेस नेता कार्यकर्ता र शुभचिन्तकहरुले खबरदारी गरिरहेका छन ।








