चिनियाँ रक्षामन्त्री काठ्माण्डौ आइपुगे, राष्ट्रपति र प्रधानमन्त्रीलाई भेटेर आजै फर्किने



चिनियाँ रक्षामन्त्री वेइ फेङ्हे नेपाल भ्रमणमा आइपुगेका छन् ।चार्टर्ड जहाजमा आइतबार बिहान पौने ११ बजेतिर काठमाडौं आएका रक्षा मन्त्री फेङहे विमानस्थलबाट सिधै बालुवाटारस्थित चिनियाँ राजदूतावास गएका छन्।

उनी १२ घन्टा नेपालमा रहँदा उच्च तहको भेटघाटमा व्यस्त हुनेछन् ।उनी त्यहाँको कार्यक्रममा सहभागी भएपछि सैनिक मुख्यालयमा नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापासँग भेट गर्नेछन् । सेनापतिसँग भेटेर चिनियाँ रक्षामन्त्रीले भेटको कार्यक्रम शुरु गर्नेछन् ।

रक्षामन्त्री वेइले राष्ट्रपति विद्यादेवी भण्डारी र रक्षामन्त्री समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीसँग महत्वपूर्ण भेटघाट गर्नेछन् । नेपालमा चिनियाँ चासो बढ्दै जाँदा रक्षामन्त्री वेइको भ्रमणलाई अर्थपूर्ण मानिएको छ ।उनी आजै साँझ स्वदेश फर्केने कार्यक्रम छ।

प्रकाशित मिति : मंसिर १४, २०७७ आइतबार  ६ : १५ बजे