आजको सचिवालय बैठकमा प्रधानमन्त्री ओली नजाने : ओलि आफ्नै रणनिती बनाउदै



प्रधानमन्त्री केपी शर्मा ओली जारी सचिवालय बैठकमा नजाने भएका छन् । उनले मङ्गलबार बसेको सचिवालय बैठकमा नै उपस्थित नहुने बताइसेका छन् ।

पार्टी बैठकमा सहभागी हुनका लागि ओलीले सर्त राखेका छन् । अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गलत आरोप लगाएकाले माफी माग्नुपर्ने र प्रस्ताव पनि फिर्ता लिनुपर्ने ओलीको अडान छ । उनले पार्टी कमिटीलाई अन्तरिम भन्दै बेवास्ता गर्ने रणनीति बनाइसकेका छन् ।

ओली पक्षधरले पार्टी बैठकबाट सरकारबाट फिर्ता गर्ने सम्मको तयारी भएपछि बैठकलाई बेवास्ता गर्न थालेको हो । ओलीले अब जे जे परिस्थिति आएपनि सामना गर्ने भन्दै पार्टी कमिटीको निर्णय नमान्ने सम्मको तयारी गरेका छन् । उनले संसदीय दलबाटै प्रभाव बलियो बनाएर अगाडि बढ्ने रणनीति बनाएका छन् । विश्वस्त स्रोतका अनुसार ओली अब प्रचण्डसँग मिलेर जान नसकिने निष्कर्षमा पुगेका छन् । त्यसको सबै तयारी समेत गरिसकेका छन् ।

प्रकाशित मिति : मंसिर १७, २०७७ बुधबार  ३ : ४३ बजे