कांग्रेस महामन्त्री डा. शशाङ्क कोइरालाले कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई तनहुँमा नियन्त्रणमा लिइनु निन्दनीय र घोर भत्र्सनायोग्य हो भनेका छन ।तनहुँ घटनापछी समाजिक सञ्जाल मा प्रतिक्रीया दिदै महामन्त्री कोइरालाले लोकतान्त्रिक मूल्यमान्यतामै प्रश्न उठ्ने गरि भएको यस्तो कार्यको जति निन्दा गरेपनि कम हुने बताएका छन ।
उनले कांग्रेस वरिष्ठ नेता पौडेलले पुलको उद्घाटन गर्ने पूर्व निर्धारित कार्यक्रम विथोल्ने गरि निषेधाज्ञा जारी गर्नु सत्ताको चरम दुरुपयोग भएको भन्दै कुनै राजनीतिक दलका नेतालाई कार्यक्रममै जान रोक लगाउनुले सरकारको तानाशाही प्रवृत्ति प्रष्ट भएको उल्लेख गरेका छन ।
महामन्त्री कोइरालाले भनेका छन ” लोकतन्त्रका लागि अनवरत लडेको नेपाली कांग्रेसले यस्ता गलत कार्यबाट विचलित नहुने र यस्ता अतिवादी कार्यको डटेर सामना गर्ने छ । कांग्रेसका नेता, कार्यकर्तामाथि सत्ताको चरम दुरुपयोग गर्दै कसैले दमनको सपना देखेको छ भने त्यो दिवास्वप्न मात्र हुनेछ ।”उनले तत्काल ससम्मान वरिष्ठ नेता पौडेलको रिहा गर्दै उहाँमाथि भएको दुव्र्यवहारमा सरकारले माफी माग्नुपर्ने माग गरेका छन ।
तनहुँको व्यास नगरपालिकामा मोटरेबल पूल निर्माण भएको र त्यसको उद्घाटन गर्न जादा कांग्रेस बरीष्ठ नेता पौडेललाइ प्रहरिले गिरफ्तार गरेपछी उक्त घटनाले नयाँ बिबाद सिर्जना गरेको छ ।








