लोकतन्त्रका नायकलाई गिरफ्तार गरेर केपी ओलीले नामर्दी देखाए : कांग्रेस नेता प्रदीप पौडेल



कांग्रेस युबा नेता एबम केन्द्रिय सदस्य प्रदीप पौडेलले लोकतन्त्रका नायक वरिष्ठ नेता रामचन्द्र पौडेललाई पक्राउ गरेर प्राधाअनमन्त्री ओलिले आफ्नो नामर्दी देखाएको बताएका छन ।

तनहुँको व्यास नगरपालिकामा निर्माण भएको मोटरेबल पूल उद्घाटन गर्न जादा कांग्रेस बरीष्ठ नेता पौडेललाइ प्रहरिले गिरफ्तार गरेपछी सामाजिक सञ्जाल मा प्रतिक्रीया दिदै नेता पौडेलाले यस्तो प्रतिक्रीया दिएका हुन ।

निरंकुश पञ्चायतको झझल्को दिने ओलि प्रवृत्तिले सिमा नाघिसकेको उल्लेख गर्दै उनले थ-प भनेका छन “बुट बजार्दै सडकमा फौज उतारेर कायरता छोप्ने ओलि तमासाले डिङ्गो मार्नेवाला छैन।हेक्का रहोस निरंकुश ओलीहरुलाई नै सत्ताच्युत गरेर प्राप्त गरेको लोकतन्त्र हो यो ।”

नेता पौडेलले वरिष्ठ नेता रामचन्द्र पौडेललाई प्रधानमन्त्री केपी शर्मा ओलीकै निर्देशनमा पक्राउ गरिएको समेत दाबी गरेका छन ।तनहुँको घटनाले सरकार नांगिएको पनि उनले बताए ।

प्रकाशित मिति : मंसिर १८, २०७७ बिहिबार  ७ : २० बजे