ओलि सरकारले प्रहरी प्रशासन लगाएर रोकेको पुल कांग्रेस बरीष्ठ नेता पौडेलद्धारा उदघाटन



हिजो हुन नसकेको तनहुँको बुल्दी खोला पुलको आज उद्घाटन गरिएको छ । बिहिबार कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पुलको उद्घाटन गरेका हुन् । बुधबार सोही पुल उद्घाटन गर्न जाने क्रममा पौडेललाई प्रहरीले ३ घण्टा नियन्त्रणमा लिएर छोडेको थियो ।

प्रशासनले निषेधाज्ञा तोड्न खोजेको भन्दै हिजो पौडेललाई पक्राउ गरेको थियो ।

निषेधाज्ञाकै बीच पुल उद्घाटन गर्न गएका पौडेललाई प्रहरीले नियन्त्रणमा लिएको थियो। पौडेललाई हिजो तीन घण्टा तनहुँ प्रहरी कार्यालयको हिरासतमा राखिएको थियो।

उक्त गिरफ्तारीको चौतर्फी बिरोध भएको थियो ।

कांग्रेसले पौडेलसहित केन्द्रीय तहका नेताहरु उतारेर बिहीबार उद्घाटन गरेको हो। कांग्रेसले आज जिल्लाभरका नेता कार्यकर्तालाई पुल उद्घाटन क्षेत्रमा उतारेको छ

दमौलीमा आज कांग्रेस कार्यकर्ताहरु प्रर्दशन गर्दै पुल उद्घाटन समाारोह पुगेका थिए ।

व्यास नगरपालिका वडा नम्बर १ र ११ जोड्ने पुल बिहीबार दिउँसो १स्३५ बजे पौडेलले उद्घाटन गरेका हुन्। पौडेलले रिवन काटेर पुल उद्घाटन गरेका हुन्।

२०७३ साल वैशाखमा निमाणको सम्झौता भएको पुलको लागत २ करोड ५४ लाख रुपैयाँ रहेको थियो । पुल २०७५ कात्तिक ९ गते नै निर्माण सम्पन्न भएको थियो ।

पुल उद्घाटन स्थलमा ठूलो संख्यामा कांग्रेस कार्यकर्ता उपस्थित छन्। उनीहरूले प्रधानमन्त्री केपी ओली र तनहुँ प्रशासनविरूद्ध नाराबाजी गरेका थिए।

जुलुसमा सहभागिहरुले घटना घटाउन सघाउने नेता, कर्मचारी, पुलिस र प्रशासनलाई कारवाहीको दायरामा ल्याउनु पर्छ भन्ने माग गरेका थिए ।

उक्त कार्यक्रममा कांग्रेस केन्द्रीय सदस्यहरू गोविन्द भट्टराई प्रदीप पौडेल, शंकर भण्डारी, गण्डकी प्रदेश संसदीय दलका नेता कृष्णचन्द्र नेपाली आमन्त्रित केन्द्रीय सदस्य ध्रुव वाग्ले र नेता रामचन्द्र पोख्रेललगायत नेताहरू पनि सहभागी छन्।

 

प्रकाशित मिति : मंसिर १८, २०७७ बिहिबार  ८ : २४ बजे