रोकिएन कांग्रेस प्रवेश गर्नेको लहर : बाजुरामा ८३ जना नेकपा कार्यकर्ता कांग्रेसमा प्रवेश



पछिल्लो समय देशैभरी कांग्रेसमा प्रवेश गर्नेको लहर चलेको छ ।नेकपा सरकारको असफलता र नेकपा भित्रको घर झगडाका कारण बिचलित भएका नेकपा नेताकार्यकर्ताहरु धमाधम कांग्रेसमा प्रवेश गर्न थालेका छन ।

यसै बिच बाजुरामा प्रतिनिधि सभाका नेकपा सांसद लालबहादुर थापाको वडाबाटै ८३ जनाले नेकपा परित्याग गरेर नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।

बाजुरा जिल्लाको बुढीगंगा नेपाली कांग्रेस नगर समितिको आयोजनामा शुक्रबार वडा नम्बर २ र ३ को संयुक्त कार्यक्रममा उनीहरूले नेकपा परित्याग गरेर कांग्रेसमा प्रवेश गरेको घोषणा गरेका हुन् ।

नन्दराम जैशीको सभापतित्वमा भएको कार्यक्रमको प्रमुख अथिती पूर्वसांसद देवराज जैशी रहेका थिए ।

विशिष्ट अतिथी नेपाली कांग्रेस जिल्ला कार्यसमिति सदस्य शेरबहादुर खाती, सल्लाहकार संयोजक रंगबहादुर खाती, कांग्रेस नगर सभापति मीनबहादुर शाह, सह–संयोजक जयराज उपाध्याय जिल्ला कार्यसमिति सदस्य एवम् उप–मेयर तारा खाती थापालगायतको उपस्थित रहेको थियो ।

कांग्रेसका विभिन्न भ्रातृ तथा शुभेच्छुक संस्थाका प्रमख एवम् प्रतिनिधिको उपस्थितिमा सञ्चालित उक्त कार्यक्रममा वडा नम्बर ३ का ९ परिवारका ८३ जनाले नेकपा पार्टी परित्याग गरि कांग्रेससमा प्रवेश गरेका हुन् ।

वडा नम्बर ३ नेकपाका प्रतिनिधि सभाका सांसद लालबहादुर थापाको वडा पर्छ । कांग्रेसमा प्रवेश हुनेहरूमा लाल थापा, मान नेपालीसहित ९ जना कांग्रेसमा प्रवेश गरेका छन् ।

चन्दा नेपाली, नरेश नेपाली, जंग नेपाली, डिल्ली नेपाली, चक्र रौले, गोरख नेपाली, चन्द नेपालीलगायत पनि कांग्रेसमा प्रवेश गरेको जयराज उपाध्यायले जानकारी दिएका छन् ।

उनीहरूले कम्युनिष्ट पार्टीले आफूहरूलाई प्रयोग बाहेक केही पनि सहयोग नगरेको प्रतिक्रिया दिएका छन् ।

पार्टी प्रवेश गर्नेहरूलाई नेपाली कांग्रेसका पूर्व सांसद देवराज जोशीले अविर लगाएर स्वागत गरेका थिए ।

प्रकाशित मिति : मंसिर २१, २०७७ आइतबार  १२ : ३५ बजे