पछिल्लो २४ घण्टामा १ हजार १४ जना संक्रमित थपिए



पछिल्लो २४ घण्टामा नेपालमा कोरोना भाइरसका १ हजार १४ जना संक्रमित थपिएका छन् ।

योसंगै कुल संक्रमितको सख्या २ लाख ४१ हजार ९ सय ९५ पुगेको आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

आज १ हजार ६ सय २८ जना संक्रमणमुक्त भएका छन् ।

आजसम्म २ लाख २७ हजार ४ सय ३३ जना संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।

प्रकाशित मिति : मंसिर २२, २०७७ सोमबार  १० : ४८ बजे