प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको सर्वदलीय बैठक सुरु भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको बैठकमा संघीय संसदमा प्रतिनिधित्व गर्ने सबै दलको प्रतिनिधित्व रहेको छ ।मुलुकमा देखिएका विभिन्न राजनीतिक समस्या र कोभिड व्यवस्थापनबारे प्रमुख दलका प्रतिनिधिहरूसँग छलफल गरी उपयुक्त निकास निकाल्ने उद्देश्यसहित प्रधानमन्त्रीले सर्वदलीय बैठक आह्वान गरेका हुन्।
बैठकमा पछिल्ला दिनमा राजावादीहरूले विभिन्न जुलुस र धर्ना कार्यक्रम आयोजना गरी संघीय शासन प्रणालीमाथि नै घृणा जगाउन खोजेकाले यस विषयमा गम्भीर रूपमा छलफल हुने बताइएको छ । संसद्का प्रतिनिधित्व गर्ने राजनीतिक दलका प्रतिनिधिलाई बैठकमा बोलाइएको भए पनि राजावादी आन्दोलनलाई सहयोग गर्ने दलका प्रतिनिधिहरूलाई भने बैठकमा बोलाइएको छैन ।
प्रधानमन्त्रीको गृह जिल्ला झापासहित देशका विभिन्न स्थानमा राजावादीले बृहत प्रदर्शन गरेका छन्। सर्वदलीय बैठकमा मुलतः यही विषयमा छलफल हुने बुझिएको छ ।








