बालुवाटारमा बरीष्ठ नेता पौडेलले ओलीलाइ भने – “तपाइको सरकार भ्रष्टाचारमा डुब्यो”



नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले अहिले सडकमा भएको प्रदर्शन सरकारले नैतिक शक्ति गुमाउँदाको परिणाम भएको बताएका छन । प्रधानमन्त्री ओलीले बोलाएको सर्वदलीय बैठकमा लिखित धारणा राख्दै वरिष्ठ नेता पौडेलले कोरोना महामारिका बेला जनता समस्याग्रस्त हुँदा समेत सरकार भ्रष्टाचारमा डुब्दाको परिणाम अहिले सडकमा देखिएको बताएका हुन ।

पौडेलले संसद अधिवेशन चाँडै समाप्त गरेर अध्यादेशले देश चलाएर सरकारले लोकतन्त्रबिरोधी चरित्र देखाएको पनि आरोप लगाए ।वरिष्ठ नेता पौडेलले  बैठकमा ओलीमाथि एक दर्जन आरोप लगाएका छन ।उनले सरकारले भ्रष्टाचार बढाउदा र राजा हटाएका कारण बिर्सेर राष्ट्रपतिले तामझाम गर्दा आजको अवस्था आएको बताएका छन् ।

बैठकमा नेता पौडेलले प्रधानमन्त्री ओलि आफै भ्रष्टाचारको संरक्षक बनेको भन्दै कडा आलोचना गरे ।“मन्त्रीहरुको भ्रष्टाचारको ढाकछोप आफैं अघि सरेर गर्नुभयो , देशमा भ्रष्टाचारको बिगबिगी छ , तर, ठूला भ्रष्टाचार काण्ड चलाउन नसक्ने अवस्थामा अख्तियार पुगेको छ । अदालत पनि प्रभावमा पारिएको जस्तो देखिन्छ,” उनले बैठकमा भने ।

बैठकमा कांग्रेसका तर्फबाट सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति विजय गच्छदार, विमलेन्द्र निधि र सहमहामन्त्री महत सहभागी थिए ।

प्रकाशित मिति : मंसिर २३, २०७७ मंगलबार  १० : ४४ बजे