कांग्रेसले देशैभरी गर्‍यो सरकारविरूद्ध प्रदर्शन : प्रदर्शनले पायो जनताको समर्थन



नेपाली कांग्रेससले आज सरकारविरुद्ध देशभर प्रदर्शन गरेको छ ।बर्तमान सरकारले भ्रष्टाचारलाई प्रश्राय दिएको कोरोना नियन्त्रणमा सरकारले लापर्वाही गरेको र पार्टी वरिष्ठ नेता रामचन्द्र पौडेलमाथि प्रहरीले गरेको दुव्र्यवहारको विरुद्ध काठमाडौलगायत मुलुकका ७७ वटै जिल्लामा प्रमुख विपक्षी दल नेपाली काँग्रेसले विरोध प्रदर्शन गरेको हो ।

कांग्रेसका शीर्ष नेताहरुले विभिन्न देशका बिभिन्न ठाउँमा सम्बोधन गरेका छन् । देशैभरी प्रदर्शनमा ठुलो जनसहभागिता देखिएको छ। सरकारविरुद्ध  सडकमा उत्रिँदा जनताबाट राम्रै साथ पाएपछि उत्साही भएको कांग्रेसले अब सरकार ठीक बाटोमा नहिँडे सडकबाटै ठेगान लगाउने चेतावनी दिएको छ ।

यसैबिच शभापती देउबाले देशव्यापी प्रदर्शनमा भएको व्यापक सहभागिताले वर्तमान कम्युनिष्ट सरकार र उसको सर्वसत्तावादी प्रवृत्ति विरुद्ध जनमत प्रकट भएको एक्काइसौं शताब्दीको नेपाली जनता लोकतन्त्र र संघीय लोकतान्त्रिक गणतन्त्रको मुल मार्गबाटनै देशको भविष्य सुनिश्चित गर्न चाहन्छ भन्ने बलियो मत आज प्रकट भएको बताउदै प्रदर्शन सफल बनाउन लाग्ने सबैलाई धन्यबाद दिएका छन ।

प्रकाशित मिति : मंसिर २९, २०७७ सोमबार  १ : ०१ बजे