राष्ट्रपतिद्वारा संवैधानिक परिषद् अध्यादेश जारी



राष्ट्रपति विद्यादेवी भण्डारीले संवैधानिक परिषद् सम्बन्धी अध्यादेश २०७७ जारी गरेकी छन् ।

नेपालको संविधानबमोजिम मन्त्रिपरिषद्को सिफारिसमा संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकारी र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) अध्यादेश २०७७ राष्ट्रपतिले जारी गरेकी हुन् ।

संविधानको धारा, ११४ को उपधारा (१) बमोजिम आज सो अध्यादेश जारी गरिएको राष्ट्रपतिको कार्यालयका प्रवक्ता बद्रिनाथ अधिकारीले जानकारी दिए ।

आजै प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद बैठकमार्फत् संवैधानिक परिषदको काम, कर्तव्य र अधिकारसम्बन्धी ऐन संशोधनका लागि अध्यादेश राष्ट्रपति विद्यादेवी भण्डारीकामा पठाएका थिए ।

प्रकाशित मिति : मंसिर ३०, २०७७ मंगलबार  १० : २७ बजे