राष्ट्रपतिलाई महाअभियोग र प्रधानमन्त्रीलाई अबिश्वासको प्रस्तावबाट हटाउन तरुण दलको माग



नेपाल तरुण दलले प्रमुख प्रतिपक्षी दल लगायतका विपक्षी दलले संसद बैठकको माग गरिरहेको बेला महिनौ देखि संसदलाइ बन्धक बनाएर र उप-सभामुख जस्तो गरिमामय पद खाली राखेर प्रधानमन्त्रीले आफ्नो स्वैच्छाचारी तरिकाले संवैधानिक परिषदसम्बन्धी अध्यादेश ल्याउनु अत्यन्तै अलोकतान्त्रिक, संविधानको मर्म र भावना विपरीत भएको बताएको  छ ।

दलका अध्यक्ष जितजंग बस्नेतले प्रेस विज्ञप्ति जारी गर्दै उक्त अध्यादेश तुरुन्त फिर्ताका लिन र जारी अध्यादेश लाई टेकेर तत्काल कुनै पनि निर्णय नगर्न अनुरोध गरेका छन ।

संसदीय मुल्य मान्यता बोकेका मुलुकहरुले सबै समस्याको समाधान संसदबाट नै खोज्नु पर्छ भन्ने मान्यता नेपाल तरुण दलले राख्दछ भन्दै  राष्ट्रपतिको भुमिका सबै नागरिकको अभिभावक हुनुपर्नेमा प्रधानमन्त्रीको कारिन्दा र संबिधानको भक्षक जस्तो देखिन आएको हुँदा राष्ट्रपतिलाई महाअभियोग र प्रधानमन्त्रीलाई अबिश्वासको प्रस्तावबाट पदबाट हटाई मुलुकलाई संकटबाट मुक्त गर्नका लागि तरुण दलले माग गरेको छ । ।

प्रकाशित मिति : पुस १, २०७७ बुधबार  ४ : ०० बजे