तत्काल संसद बैठक बोलाउन नेपाली कांग्रेसको माग



नेपाली कांग्रेसले तत्काल संसद बैठक तत्काल बोलाउन सरकारसग माग गरेको छ।

सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा बुध बार बसेको पदाधिकारी र पूर्वपदाधिकारी बैठकले संसद बैठक तत्काल बोलाउन सरकारसगा माग गरेको हो ।

बैठकमा सरकारले हिजो मंगलबार ल्याएको संवैधानिक परिषद् सम्वन्धि अध्यादेशबारे छलफल भएको बैठकमा सहभागी एक नेताले न्यू सञ्चारलाई बताए ।

बैठकले संवैधानिक परिषद सम्बन्धी अध्यादेश फिर्ता लिन पनि सरकारसँग माग गर्ने निर्णय गरेको पनि ति नेताले जानकारी दिए।

। बैठकमा काठमाडौंमा उपलब्ध पदाधिकारी सहित पूर्व पदाधिकारी र शीर्ष तहका नेताहरुलाई सहभागि थिए ।

यसैबिच मंगलबार जारी भएको अध्यादेश सरकारले फिर्ता लिने भएपछि कांग्रेसको पदाधिकारी बैठकले विरोधका कार्यक्रम घोषणा नगरी सकिएको छ।

पदाधिकारी बैठकमा सरकारको कदमको विरोध गरी सडक र सदनमा थप शसक्त भूमिका देखाउने विषयमा छलफल भएको थियो।

सरकारले अध्यादेश फिर्ता गर्ने प्रक्रिया सुरु गरेको खबर आएपछि सडक आन्दोलनका विरोध कार्यक्रम तय नगरी बैठक सकिएको छ।

प्रकाशित मिति : पुस १, २०७७ बुधबार  ११ : ०८ बजे