सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच सहमति भएको छ । सरकारद्वारा ल्याईएको अध्यादेश फिर्ता र संसदको विशेष अधिवेशन बोलाऊन राष्ट्रपतिलाई बुझाईएको पत्र फिर्तागर्ने सहमति भएको छ ।
यसैबिच सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक सम्पन्न भएको छ । बैठकलगत्तै पत्रकारहरुसँग संक्षिप्त कुरा गर्दै प्रवक्ता नारायणकाजी श्रेष्ठले स्थायी कमिटीको अर्को बैठक यही पुष ५ गते र केन्द्रीइ
कमिटीको बैठक पुष १० गते बस्ने निर्णय भएको जानकारी दिए । प्रवक्ता श्रेष्ठका अनुसार आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले हिजो साँझ बसेको संवैधानिक परिषद्को बैठबाट कुनै निर्णय नभएको प्रष्टोक्तिसमेत दिएका थिए ।








