१८ प्रमुख जिल्ला अधिकारीको एकैपटक सरुवा, को कहाँ पुगे ?



नेपाल सरकार गृह मन्त्रालयले शुक्रबारको मन्त्रीस्तरीय बैठकबाट १८ कर्मचारीको सरुवा गरेको छ । मन्त्रालयले शुक्रबार एक सूचना जारी गर्दै बैठकले १८ जना प्रमुख जिल्ला अधिकारीहरूको सरुवा गरेको जनाएको छ ।

बैठकले गृह मन्त्रालयका सह–सचिव ढुण्डीप्रसाद निरौला र बासुदेव दाहाललाई ललितपुर र धनकुटाको प्रमुख जिल्ला अधिकारीमा सरुवा गरेको छ ।

यस्तै गृह मन्त्रालयका सह–सचिव मित्रलाल शर्मा खोटाङको प्रमुख जिल्ला अधिकारीमा सरुवा भएका छन्। खोटाङका प्रमुख जिल्ला अधिकारी शालिग्राम शर्मा गृह मन्त्रालयमा तानिएका छन् ।

यस्तै, धनकुटाका प्रमुख जिल्ला अधिकारी केशवप्रसाद बिमलीलाई महोत्तरीमा, पाँचथरका अर्जुनकुमार शर्मालाई रामेछापमा , रामेछापकी रुद्रादेवी शर्मालाई गुल्मीमा सरुवा गरेको गृह मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : पुस ३, २०७७ शुक्रबार  १ : ३२ बजे