आन्तरिक झगडाको आवेगमा संसद् विघटनको निर्णय गर्नु गैरजिम्मेवारपूर्ण : महामन्त्री डा. कोइराला



कांग्रेस महामन्त्री डा शशाङ्क कोइरालाले प्रधानमन्त्री ओलिले संसद् विघटन गर्न गरेको सिफारिस असंवैधानिक भएको बताएका छन ।

सामाजिक सञ्जाल फेसबुकमार्फत प्रतिक्रीया दिदै कोइरालाले दलभित्रको आन्तरिक झगडाको आवेगमा संसद् विघटनको निर्णय गर्नु गैरजिम्मेवारपूर्ण भएको बताएका हुन ।

यस्ता गलत निर्णयले मुलुकमा फेरि द्वन्द्व र अस्थिरताको डरलाग्दा श्रृखंला निम्त्याउने भन्दै कोइरालाले चिन्ता ब्यक्त गरेका छन ।

महामन्त्री कोइरालाले यो गलत कदमलाई राष्ट्रपतिले सच्चाउनुपर्ने पनि उल्लेख गरेका छन ।

प्रकाशित मिति : पुस ५, २०७७ आइतबार  ६ : २५ बजे