प्रधानमन्त्री केपी शर्मा ओलीले अब मन्त्रिमण्डल पुर्नगठन र विस्तार गर्ने तयारी सुरु गरेका छन् । आइतवार सात जना मन्त्रीहरूले राजीनामा दिएपछि मन्त्रिमण्डल पुर्नगठन र विस्तारको प्रयास थालिएको हो । प्रतिनिधि सभा नरहेको अवस्थामा सोही सभाका पूर्व सांसद्हरूमध्येबाट प्रधानमन्त्रीले मन्त्री बनाउन लागेको बालुवाटार श्रोतले बताएको छ । प्रधानमन्त्री निकट एक स्रोतले भन्यो -विघटित प्रतिनिधि सभा, राष्ट्रिय सभा तथा बाहिरबाट अब मन्त्रीहरू ल्याइनेछ ।
संविधान अनुसार संघीय संसद्को सदस्य नरहेकालाई मन्त्री बनाउन सकिँदैन । तर बनाएको अवस्थामा उनीहरूले ६ महिनाभित्र संघीय संसद्को सदस्यता प्राप्त गरिसक्नुपर्नेछ ।वैशाख १७ र २७ गतेका लागि चुनाव हुने मिति तय भएको हुदा अहिले जसलाई मन्त्री बनाएपनि उनीहरूले वैशाखभित्र सदस्यता प्राप्त गर्न सक्नुपर्नेछ ।








