नेपाली कांग्रेसका युवा नेता एवम् पूर्वसांसद रामहरि खतिवडाले काङ्ग्रेसले बनाएको संविधान नेकपाले भताभुङ्ग बनाएको आरोप लगाएका छन ।
नेपाली कांग्रेस कावसोती नगरपालिका वडा नम्बर १६ नवलपरासीमा आयोजित प्रजातान्त्रिक सेनानी स्व .निम प्रसाद धरेलको श्रद्धाञ्जली सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन ।
भारी मत दिएर कम्युनिष्टहरुलाई जिताएको बदलामा कम्युनिष्टहरुले महेन्द्रले संविधानको बलात्कार गरेको जसरी बलात्कार गरेर संविधानमै नभएको संसद विघटन गर्दै देशलाई फेरि अस्थिरता तिर लगेको उनले जिकिर गरे ।
खतिवडाले सबै प्रजातान्त्रबादी शक्ति एक भएर निरंकुश शासन र निरंकुशताका बिरुद्धमा उभिएर देशलाई फेरि सहि बाटोमा लानु पर्ने बेला आएको बताए ।
कम्युनिष्टहरुले भोट माग्ने नैतिक अधिकार गुमाएको खतिवडाको भनाइ थियो ।








