नेपाल कम्युनिस्ट पार्टी केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड समूहमा विभाजित भएपछि चिनियाँ राजदूत होउ यान्छीले फेरि राजनीतिक दौडधूप चलाएकी छिन् । उनले आज विहान प्रचण्डसँग खुमलटारमा पुगेर भेटेकी छिन् । भेटमा नेकपाको फुटको कारण र भविष्यमा विकसित हुने परिस्थतिबारे गम्भीर कुराकानी भएको बुझिएको छ ।
भेटमा प्रचण्डले राजदूत यान्छीलाई चीनसँगको सम्बन्धमा झन् सुदृढ हुने बताएको बुझिएको छ । राजदूत यान्छीले नेकपाभित्रको विभाजनबारे गम्भीर चासो राखेकी थिइन् । उनले नेपालमा राजनीतिक अस्थिरता बढ्नसक्ने भन्दै चिन्ता व्यक्त गरेको स्रोतले बतायो ।
यसैगरी, राजदूत यान्छीले प्रधानमन्त्री केपी शर्मा ओली र नेकपाको प्रचण्ड समूहका अर्का अध्यक्ष माधवकुमार नेपाललाई पनि भेट्ने बुझिएको छ ।








