नेपाली काँग्रेसले पुष १३ गते देशैभरी एकसाथ गर्ने विरोध प्रदर्शनलाई भव्य,र प्रभावकारी बनाउन नेपाल तरुण दलले आफु मातहतका जिल्ला समितिलाई निर्देशन गरेको छ ।
अध्यक्ष जित जङ्ग बस्नेतले बिज्ञप्ती मार्फत पार्टी संघ समन्वय गरी जिल्लाका सम्पूर्ण क्षेत्र, महानगर, नगरपालिका, गाउँपालिका एवं वडा तहका समितिहरुलाई व्यापक परिचालन गर्नगराउन निर्देशन दिएका हुन ।
त्यसैगरी उनले २०७७ साल पुष १६ गते राष्ट्रिय एकता तथा मेलमिलाप दिवसमा पार्टीले आयोजना गर्ने कार्यक्रमलाई प्रभावकारी बनाउन महत्वपूर्ण भूमिका निर्वाह गर्न पनि जिल्ला समितिलाई निर्देशन दिएका छन
नेपाल कम्युनिष्ट पार्टीको केपी ओली नेतृत्वको सरकारले गरेको प्रतिनिधिसभा विघटन असंबैधानिक र अलोकतान्त्रिक भएको भन्दै नेपाली काँग्रेसले पुष १३ गते देशैभरी एकसाथ विरोध प्रदर्शन गर्दैछ ।








