प्रतिनिधिसभा बिघटनको मुद्दामा सर्वोच्चले जारी गर्यो कारण देखाउ आदेश



सर्वोच्च अदालतले संसद बिघटन गर्ने सरकारको निर्णयमा कारण देखाऊ आदेश जारी गरेको छ ।

आज संसद बिघटनविरुद्ध परेको एक दर्जनभन्दा बढी निवेदनमाथि संवैधानिक इजालाशमा सुनुवाईपछि सर्वोच्चले कारण देखाऊ आदेश जारी गरेको हो ।

आजै यी निवेदनहरुमाथि प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको नेतृत्वमा संवैधानिक इजलाश गठन भएको थियो । जसमा न्यायाधीशहरु हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा र तेजबहादुर केसी छन्

प्रकाशित मिति : पुस १०, २०७७ शुक्रबार  ८ : ५९ बजे