प्रधानमन्त्री ओलीले गरे ५ जनालाई मन्त्री नियुक्त



प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् विस्तार गरेका छन् ।

शुक्रबार साँझ प्रधानमन्त्री ओलीले नयाँ मन्त्रीलाई सपथ खुवाउने कार्यक्रम रहेको छ ।

प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार नयाँ थपिएका मन्त्रीहरू प्रभु साह, टोपबहादुर रायमाझी, मणि थापा, गौरीसंकर चौधरी, दावा तामाङलाई राष्ट्रपति कार्यालय शितल निवासमा सपथ लिने बताए ।

राष्ट्रपति कार्यालयका अनुसार नवनियुक्त मन्त्रीहरुको आज साँझ ७ बजेलाई सपथको कार्यक्रम राखिएको छ ।

प्रचण्ड–माधव पक्षका मन्त्रीहरुले राजीनामा दिएपछि ती मन्त्रालयहरु खाली रहेका थिए ।

प्रकाशित मिति : पुस १०, २०७७ शुक्रबार  १२ : ०० बजे