नेपाली कांग्रेसको जारी केन्द्रीय समिति बैठक आगामी १९ गतेसम्मका लागि स्थगित भएको छ ।
पौष १६ गते राष्ट्रिय एकता तथा मेलमिलाप दिवसको कार्यक्रम पश्चात केन्द्रीय कार्यसमितिको बैठक पौष १९ गते दिउँसो १ बजे केन्द्रीय कार्यालयमा पुनः बस्ने पार्टी केन्द्रिय कार्यलयले जनाएको छ ।
आजको बैठकमा ज्ञानेन्द्रबहादुर कार्की, डा . मिनेन्द्र रिजाल, शंकर भण्डारी, देवेन्द्रराज कँडेल, रमेश लेखक, सरिता प्रसाई र कल्पना चौधरीले आ–आफ्नो धारणा राखेका थिए ।








