२४ घण्टामा ५३४ जनामा संक्रमण पुष्टि



पछिल्लो २४ घण्टामा नेपालमा कोरोना भाइरसका ५ सय ३४ जना संक्रमित थपिएका छन् ।

योसंगै कुल संक्रमितको सख्या २ लाख ६० हजार ५ सय ९३ पुगेको आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

आज ४ सय ४४ जना संक्रमणमुक्त भएका छन् ।

आजसम्म २ लाख ५२ हजार ३ सय ५९ जना संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।

प्रकाशित मिति : पुस १६, २०७७ बिहिबार  १२ : ०५ बजे