प्रचण्ड–नेपाललाई ओलीले भने – आउनुस् अपराध माफ गरिदिउँला



प्रधानमन्त्री केपी ओलीले प्रचण्ड नेपाल समूहका नेताहरुलाई पार्टीमा फर्किन ब्यंग्यात्मक रुपमा आग्रह गरेका छन् ।

आज राजधानीमा आयोजित अनेरास्ववियूको कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने, तपाईँहरु यस्तो जाडोमा मण्डेलातिर भौँतारिनुपर्दैन, गल्ती त गरिहाल्नुभयो, तर आउनुस् हामी तपाईहरुका अपराधहरु माफी गरिदिने छौँ ।

ओलीले भने,“फिर्ता आउनुस् अपराध माफ गरिदिउँला । पार्टीबाटै कसैलाई हटाएको छैन ।”

प्रकाशित मिति : पुस १९, २०७७ आइतबार  ११ : ४७ बजे