प्रचण्ड र माधव नेपाललाई दस सिट ल्याएर देखाउन प्रधानमन्त्री ओलिको चुनौती



प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल कम्युनिष्ट पार्टि (नेकपा) कसैको पनि नातेदारको पार्टी नभएको बताएका छन । आज धनगढीमा आयोजित आमसभामा बोल्दै उनले यस्तो बताएका हुन ।

कार्यक्रममा बोल्दै उनले नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाललाई दस सिट ल्याएर देखाउन चुनौती दिए । उनले भने ‘छोरीबुहारी, सम्धी, सालासालीको पार्टी होइन यो। कोही चोइटिएर जाँदैमा नेकपा सकिदैन ।

ओलिले पार्टीको प्रचण्ड माधव समूहका नेता भीम रावलमाथि मन्त्री बन्न नपाएर छटपटिएको आरोप लगाएन् । सभालाई सम्बोधन गर्दै ओलीले मन्त्ती बन्न नपाएपछि रावलले आफूलाई गाली गर्दै हिंडेको बताए ।

प्रकाशित मिति : पुस २४, २०७७ शुक्रबार  ११ : १० बजे