प्रधानमन्त्रीले संसद विघटन गर्न मिल्दैन : विश्वप्रकाश शर्मा



नेपाली कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले प्रधानमन्त्री केपी ओलीको सनकले जनताको अधिकार कुण्ठित गर्ने दुष्प्रयास भएको बताएका छन् । उनले शासकको सनक र जनताको सपनाको बीचमा द्वन्द्व भइरहेको बताएका छन् । प्रवक्ता शर्माले प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गर्नु पूर्णरुपमा अवैधानिक भएको जिकिर गरे ।

प्रधानमन्त्रीले धनगढी पुगेर संविधान पढ्न भनेको भन्दै प्रवक्ता शर्माले प्रधानमन्त्रीले नै संविधान पढ्न आवश्यक रहेको देखिएको भन्दै संविधान उपहार पठाएका छन् । उनले प्रेस युनियन काठमाडौंका सभापति जगन्नाथ दुलालमार्फत निर्मला पन्त, राजु सदा र सूर्यबहादुर तामाङको तस्बिरसमेत राखेर प्रधानमन्त्रीलाई उपहार पठाएका छन् ।

प्रकाशित मिति : पुस २५, २०७७ शनिबार  १२ : ३४ बजे