प्रधानमन्त्री केपी शर्मा ओलीका प्रमुख राजनीतिक सल्लाहकार बिष्णु रिमालले विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रलाई सीमामा बस्न भन्दै धम्किको भाषा प्रयोग गरेका छन्। सामाजिक सञ्जाल ट्वीटरमा मिश्रले गरेको ट्वीटमा कमेन्ट गर्दै रिमालले धम्कीपूर्ण भाषा प्रयोग गरेका हुन्।
्मिश्रले शनिबार राति लेखेका थिए, ‘कस्तो समय आयो ! पूर्व प्रधानन्यायाधीशहरूले विचाराधीन मुद्दामा बोल्नु पर्ने। प्रधानमन्त्री–राष्ट्रपतिले संविधान खुल्लमखुल्ला कुल्चिने। काण्डैकाण्ड गर्ने प्रधानमन्त्रीको भाषण सुन्न हजारौं जम्मा हुने। महाभ्रष्ट नेताले भ्रष्टाचार विरुद्ध र्याली आह्वान गर्दा हजारौं सरीक हुने।अब अति भो !’
जवाफमा रिमालले लेखे, ‘सीमामा बस्नुस् रबीन्द्र जी ! तपाईँको यो ट्वीट टिप्पणी गर्न पनि उपयुक्त छैन । यति चाहि भनूँ( मर्यादा नाघ्ने जोसुकै जतिसुकै सेलिब्रिटी भए पनि त्यससंग समयले जवाफ माग्ने छ।’
सामाजिक सञ्जाल प्रयोगकर्ताले प्रधानमन्त्रीका सल्लाहकार रिमालको ट्विट धम्कीपूर्ण भएको बताएका छन्।








