नेपाली कांग्रेस सोलुखुम्बुका नेता एबम नेपाल उधोग बाणिज्य महासंघका कार्यकारिणी सदस्य प्रकास सिंह कार्किले सोलुखुम्बुमा बिधार्थिहरुलाई झोला बितरण गरेका छन ।जिल्लाको नेचासल्यान गाउँपालिकाको वडा नं ४ स्थित सिंहदेबी आधारभुत विद्यालय र वडा नं. ३ स्थित कुन्तादेवी आधारभूत विद्यालयमा अध्ययनरत बिधार्थिहरुलाई कार्किले झोला वितरण गरेका हुन ।
झोला बितरणका क्रममा विद्यालय ब्यबस्थापन समिति, शिक्षक अभिभावक संघका पदाधिकारी,विद्यालयका शिक्षक, बिधार्थिहरु , स्थानिय बुद्दिजिबी र सरोकारवालाहरुको उल्लेखनीय उपस्थिती थियो ।विद्यार्थीहरुलाइ झोला बितरण गरेर हौसला प्रदान गरेकोमा स्थानियहरुले नेता कार्कीलाई धन्यवाद ज्ञापन गरे ।

उक्त अबसरमा बोल्दै नेता कार्किले सोलुखुम्बुको चौतर्फी बिकाशका लागी सधै आफुले हातेमालो गर्ने बताए ।गुणस्तरिय शिक्षा सबै सम्म पुर्याउन सके सबैलाई न्याय हुनेमा कार्किले जोड दिए ।जिल्लाका सामुदायिक बिधालयहरुको गुणस्तरमा अझै सुधार ल्याएर योग्य जनशक्ती देशमै उत्पादन हुने बाताबरण बनौनुपर्ने कार्किले उल्लेख गरे ।
नेता कार्किले राजनितिसगै सोलुखुम्बुमा सामाजिक कामलाई उत्तिकै अघी बढाउदै आएका छन ।सोलुखुम्बुका सामुदायिक बिधालयहरुको शैक्षिक बाताबरण राम्रो बनाउन कार्किको अगुवाइमा बिभिन्न बिधालयहरुमा छत्रबृत्ती कोश स्थापना, बिधालयहरुलाई ल्याप्टप बितरण बिधार्थिहरुलाई बिभिन्न सहयोग लगायतका कामलाई कार्किले निरन्तरता दिदै आएका छन ।
कार्किको प्रयासलाई स्थानिय शिक्षक- बिधार्थि, राजनितिकर्मी ,एबम बुद्दिजिबिहरुले सकारात्मक रुपमा लिएका छन ।








