ओलीको पतन अनिवार्य छ: प्रचण्ड



नेकपा नेपाल–दाहाल समुहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री केपी शर्मा ओलीले को पतन हुने बताएका छन । पोखरामा मंगलबार आयोजित भेलामा उनले यस्तो बताएका हुन ।

ओलिले असंवैधानिक कदम चालेर कलंकको टीका लगाइसकेको आरोप लगाउदै उनले केही महिनाभित्र आफूहरू विजयी हुने पनि दाबी गरेका छन्।

अध्यक्ष  दाहालले पार्टीको सुर्य चिन्ह आफूहरुले पाउने बताएका छन् ।

नेपाल कम्युनिष्ट पार्टी, गण्डकी प्रदेशद्वारा आयोजित वृहद् कार्यकर्ता भेला तथा सङ्घर्ष अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले आफूहरुसँग ७० प्रतिशत भन्दा बढी केन्द्रीय सदस्य रहेको बताउँदै पार्टीको सुर्य चिन्ह र नेकपा नाम आफूले पाउने बताएका हुन् ।

‘साथीहरुले सुर्य चिन्ह र नेकपा नाम ओली गुटले पाउछ कि ? भन्ने लाग्यो होला, प्रचण्डले भने, ‘तपाईं ढुक्क हुनुस् चिन्ह र नाम हाम्रै हुन्छ लेखेर राख्नुस् ।’

‘दल सम्बन्धीको नियममा ५० प्रतिशत भन्दा बढी केन्द्रीय सदस्य जसको छ उ नै संस्थापन हुने व्यवस्था छ तर, हामीसँग ७० प्रतिशत बढी छ ।’ प्रचण्डले भने ।

प्रकाशित मिति : पुस २८, २०७७ मंगलबार  १० : ३४ बजे