प्रतिनिधिसभा विघटनको मुद्दामा आज सुनुवाइ हुँदै



प्रतिनिधि सभा विघटन सम्बन्धी मुद्दामा आज सर्वोच्च अदालत पुना : सुनुवाइ हुने भएको छ।

बुधबार संवैधानिक इजलासमा भएको बहसमा मुद्दा हेर्दा हेर्दैमा राखिएको थियो ।

बुधबार दुवै पक्षका वकिलले बहस गरे पनि इजलासले कुनै निर्णय नगरी यही बहसलाई शुक्रबारको इजलासमा निरन्तरता दिने निर्णय गरेको थियो।

निवेदकहरूले सो मुद्दा बृहत् पूर्ण इजलासले हेर्नुपर्ने माग राख्दै आएका छन् भने सरकार पक्षले संवैधानिक इजलासले नै हेर्नुपर्ने बताएका छन् ।

रिट निवेदकका तर्फबाट बहस गर्दै अधिवक्ता रमण श्रेष्ठले मुद्दा पूर्ण इजलासमा पठाउनु पर्ने बताएका थिए।

सरकारले मुद्दा पूर्ण इजलासमा पठाउन नहुने भन्दै निवदेन दिएको थियो।

 

प्रकाशित मिति : माघ २, २०७७ शुक्रबार  ४ : १४ बजे