किर्ते काममा हस्ताक्षर गरेकाले राष्ट्रपतिप्रतिको सम्मान सकियो : गगन थापा



नेपाली कांग्रेसका नेता गगन थापाले प्रधानमन्त्री शर्मा ओलीले जनतालाई सडकमा जान बाध्य पारेको बताएका छन । ललितपुरको गोदावरी नगरपालिकाको चापागाउँमा शनिबार बिहान आयोजित कांग्रेसको विरोध कार्यक्रमलाई सम्बोधन गर्दै थापाले संसद विघटन गर्नेमा नेकपाका प्रमुख चार व्यक्तिहरू जिम्मेवार रहेको आरोप लगाए ।

नेता थापाले राष्ट्रपति विद्यादेवी भण्डारी नेपाली अभिभावक नभइ नेकपा भित्रको एक गुटको कुलपति बनेको आरोप लगाए ।प्रधानमन्त्री ओलीले गरेको किर्ते काममा राष्ट्रपतिले हस्ताक्षर गरेकाले सम्मान गर्ने अवसर गुमाएको बताउँदै भने,‘हाम्रो बा-आमा भन्दा पहिले मठ मन्दिरमा राष्ट्रपतिलाई पुज्ने हामीलाई लज्जाबोध भएको छ ।’

नेता थापाले कांग्रेसभित्रको सानातिना कुरा र मनमुटावलाई भुलेर नेकपा र नेकपाको सरकारविरुद्धको आन्दोलनलाई सशक्त बनाउन अनुरोध गरे ।सर्बोच्च अदालत संविधानको धाराले जन्माएकाले अदालत प्रधानमन्त्रीबाट प्रभावित हुनु गम्भीर विषय भएकाले अदालतले विवेक पुयाएर जनतालाई न्याय गर्नुपर्ने धारणा गरे ।

विरोध कार्यक्रममा नेपाली कांग्रेसका युवा नेता उदयशम्शेर राणा, ललितपुर कांग्रेसका सभापति मदनबहादुर अमात्य, मनीकृष्ण महर्जन, गजेन्द्र महर्जन, मुना अधिकारीसहितका नेता कार्यकर्ताहरूको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति : माघ ३, २०७७ शनिबार  ८ : ५८ बजे