नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माघ १६ गते पछि आमहड्तालमा जाने तयारी गर्न कार्यकर्तालाई निर्देशन दिएका छन्।आज अखिल नेपाल महिला संघले आयोजना गरेको कार्यक्रममा बोल्दै प्रचण्डले यस्तो निर्देशन दिएका हुन ।
प्रचण्डले भने, ‘हामी आन्दोलन बढाउँदै जान्छौं । १६ गतेपछि आम हड्तालतिर जानु पर्ने अवस्था आउन सक्छ। त्यहाँसम्म पुग्दा हामीले ब्याटल जितिसक्छौं र जसरी पनि हामीले यो ब्याटल जित्नैपर्छ।’
कार्यक्रममा प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेडा सगा तुलना समेत गरे ।‘ओली भेडा हुन्,’ प्रचण्डले भने,‘भेडाको हुलमा बसेपछि सिंह पनि भेडा जस्तै बन्दोरहेछ ।’ ओलीले गणतन्त्र र संघीयता नै विघटन गरेको आरोप लगाए ।
आफूले २१ सय वर्ष लामो राजतन्त्रको अन्त गरेर गणतन्त्रलाई जन्म दिएको भन्दै ओलीले त्यसको हत्या गर्न खोजेको आरोप लगाए । उनले भने,‘गणतन्त्रको रक्षाका लागि जस्तोसुकै मूल्य चुकाउन तयार छु ।’ गणतन्त्ररुपी बालक आइसियूमा भएको र त्यसको हत्या गर्न ओली लागेको उनको तर्क थियो ।








