नेपाल विद्यार्थी संघले पेट्रोलियम पदार्थमा बढेको मूल्यवृद्धि फिर्ता लिन माग गरेको छ।
नेपाल आयल निगमले सोमबार पेट्रोल, डिजेल र मट्टीतेलमा प्रतिलिटर २ रूपैयाँका दरले मूल्यवृद्धि गरेको थियो।
नेविसंघ अध्यक्ष राजिव ढुंगानाले मंगलबार विज्ञप्ति निकालेर पेट्रोलियम पदार्थमा गरेको मूल्यवृद्धि फिर्ता लिन माग गरेका हुन्।








