संसद विघटन बिरुद्ध कांग्रेस : टोलटोलमा नेता पुग्दा कार्यकर्ता उत्साही



नेपाली कांग्रेसले बिहीबार देशभरका वडाहरुमा विरोध प्रदर्शन गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेपछि त्यसको बिरोध गर्दै नेपाली कांग्रेस आन्दोलनमा उत्रिएको हो ।

पूर्वनिर्धारित आन्दोलनका कार्यक्रम अन्तर्गत कांग्रेसले बिहीबार देशभरका वडाहरुमा विरोध प्रदर्शन गरेको छ ।यसअघि कांग्रेसले संसद विघटनको कदमविरूद्ध गत पुस १३ गते १६५ निर्वाचन क्षेत्रमा, पुस २५ गते ३३० प्रदेशसभा निर्वाचन क्षेत्रमा तथा माघ ३ गते ७५३ पालिकामा विरोध प्रदर्शन गरेको थियो ।

६ हजार ७४३ वडामा आयोजना गरिएको विरोध प्रदर्शनमा नेताहरुले सम्बोधन गरेका थिए । देशैभरी भएको प्रदर्शनलाई शिर्ष नेताहरुले सम्बोधन गरेका छन । ।विरोध प्रदर्शनका क्रममा कांग्रेसका केन्द्रीय नेताहरु आज टोल-टोलमा पुगेका छन् । प्रतिनिधिसभा विघटनको कदमा सरकारविरुद्ध विरोध कार्यक्रमलाई सम्बोधन गर्न नेताहरु टोलटोलमा पुगेका हुन् ।

केन्द्रीय नेताहरु नै टोलटोलमा पुग्दा स्थानीय भने उत्साही देखिएका छन् ।जिल्ला र क्षेत्रका कार्यक्रममा मात्र केन्द्रीय नेताहरसँग भेट गर्न पाएका स्थानीय कार्यकर्ता केन्द्रीय नेताहरुलाई टोलटोलमा भेट्न पाउँदा उत्साही भएका हुन् ।

संसद विघटनको कदमविरूद्ध कांग्रेसले घोषणा गरेको पहिलो चरणको कार्यक्रम आज सकिएको छ ।आगामी कार्यक्रमको स्वरुपबारे  १३ माघमा  बस्ने  केन्द्रिय समितिले निर्णय गर्ने कांग्रेसका नेताहरुले बताएका छन ।

प्रकाशित मिति : माघ ८, २०७७ बिहिबार  १ : २६ बजे