प्रधानमन्त्री केपी शर्मा ओलीको पछिल्लो अभिव्यक्तिका कारण कानुन व्यवसायीहरु आन्दोलित भएका छन ।शुक्रबार राजधानीमा आयोजित एक कार्यक्रममा प्रधानमन्त्री ओलीले ‘बुढा मान्छेलाई अदालतमा लगेर तमासा देखाएको’ भनी टिप्पणी गरेको विषयलाई लिएर कानुन व्यवसायीहरु आन्दोलित बनेका हुन ।प्रधानमन्त्रीले सार्वजनिक माफी माग्नुपर्ने आक्रोसित कानुन ब्यबसायिहरुले अडान लिएका छन । कानुन ब्यबसायिहरुको अडानले ओलि अफ्ठेरोमा परेको र उनि आक्रोसित भएको बालुवाटार श्रोतले जनाएको छ ।
आइतबार एक विज्ञप्ती जारी गर्दै नेपाल बार एशोसिएसनका पूर्व अध्यक्षहरु वरिष्ठ अधिवक्ता हरिहर दाहाल, वरिष्ठ अधिवक्ता शम्भु थापा, वरिष्ठ अधिवक्ता प्रेम बहादुर खड्का र वरिष्ठ अधिवक्ता शेरबहादुर केसीले प्रधानमन्त्री केपी शर्मा ओलीबाट कानून व्यवसायप्रति निर्लज्ज प्रहार भएको भन्दै ध्यानाकार्षण गराएका छन् ।
आइतबार इजलासमा वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले प्रधानमन्त्री ओलीले पटक पटक अदालतमाथि प्रश्न उठाएको र अपहेलना गरेको भनि प्रश्न उठाएपनि इजलासले वास्ता नगरेपछि अधिवक्ताहरुमा आक्रोश बढेको हो ।
संवैधानिक इजलाशमा उपस्थित भएका वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीलाई नाम नलिइकन प्रधानमन्त्री ओलीले ‘तमासा देखाउन गएका बाजे’ पनि भनेका थिए। प्रधानमन्त्रीले बहसमा सहभागी वरिष्ठ वकिलहरुलाई दुर्मुखा भन्दै आलोचना गरेका थिए।









