सरकारविरुद्ध शान्ति समाजको प्रदर्शन, कृष्ण पहाडीसहित २६ अधिकारकर्मी पक्राउ



संसद् विघटनको विरोधमा बालुवाटारमा प्रदर्शन गर्नेक्रममा कृष्ण पहाडीसहित २६ अधिकारीकर्मी पक्राउ परेका छन्।अधिकारीकर्मी पहाडीसहित २६ जनालाई प्रहरीले पक्राउ गरेको शान्ति समाजले जनाएको छ। उनीहरुले नेपाल पुलिस क्लबमा राखिएको छ।

प्रदर्शनबाट प्रहरीले समाजका संस्थापक सभापति कृष्ण पहाडी, सभापति उत्तम पुडासैनी, संस्थापक सदस्य कृष्ण कँडेल, सचिव बलबहादुर गाहा मगर, कोषाध्यक्ष रामकृष्ण बराल, केन्द्रीय सदस्य नम्रता खरेल, ललितपुर शाखा सभापति चन्द्रमणी बञ्जारा, काठमाण्डौ शाखा सभापति जगन्नाथ पुडासैनी, अधिकारकर्मीहरु रामचन्द्र खतिवडा, सुरज बोहरा, ईश्वर पुडासैनी, रमेश बराल, पुरुषोत्तम घिमिरे, उमा गौतम, माँया भट्टराई, लक्ष्मी राना, सानु लामा, आर एस महतो, डिकम्बर राणा, भगवान पुडासैनी, किरण ढकाल, रोज विष्ट, किङकङ राई, संजोग राई, मोहीणीप्रसाद आचार्यसहित २६ जनालाई गिरफ्तार गरेको हो।

 

प्रकाशित मिति : माघ १२, २०७७ सोमबार  ११ : ०८ बजे