प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटन गरेको विरोधमा नेपाली कांग्रेसले तेस्रो चरणका आन्दोलन गर्ने निर्णय गरेको छ। मंगलबार बसेको केन्द्रीय कार्यसमिति बैठकले आन्दोलनलाई निरन्तरता दिने निर्णय गरेको हो ।
कांग्रेसले तेस्रो चरणका आन्दोलनमा भातृ तथा शुभेच्छुक संस्थाको नेतृत्वमा पनि आन्दोलन का कार्यक्रम सार्बजनिक गरेको छ । १९ माघमा भ्रातृ संस्थाको नेतृत्वमा ७७ वटै जिल्लमा प्रदर्शन हुने छ । यसैगरी २४ माघमा शुभेच्छुक संस्थाको नेतृत्वमा र ३० गते सबै जिल्लामा जिल्ला कार्यसमितिहरुको नेतृत्वमा नेतृत्वमा प्रदर्शन गर्ने निणर्य कांग्रेस बैठकले गरेको छ ।
आजको बैठकमा सभापती देउबासग असहमत नेताहरुले राष्ट्रिय रुपमै आन्दोलनका कार्यक्रम तय गर्नुपर्ने आवाज उठाएपनी सभापती देउबा सहमत नभएपछी सबै जिल्ला र स्थानिय स्तरका आन्दोलन कार्यक्रम घोषणा गरिएको एक नेताले न्यू सञ्चारलाई बताए ।
आजको बैठकले महाधिवेशनबारे पनि केही निर्णय गरेको छ।माघ मसान्तभित्र क्रियाशील सदस्यता वितरण र नवीकरण टुंग्याउन पनि निर्देशन दिइएको कांग्रेसले जनाएको छ।








