प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा कोरोना भाइरस विरुद्धको खोपको अभियान शुभारम्भ गरेका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको कार्यक्रममा प्रधानमन्त्री ओलीले भर्चुअल माध्यमबाट देशभरका खोप केन्द्रमा एकसाथ शुभारम्भ गरेका हुन् ।
उक्त भर्चुअल शुभारम्भ बुधबार नै शुरु भएका १२० केन्द्रमा देखाइएको थियो ।
पहिलो दिन नै १२ हजार जनालाई खोप लगाइने पनि जनाइएको छ ।
पहिलो खोप भने टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक डा । सागर राजभण्डारीले लगाएका छन् ।








