नेकपाका दुबै समुहलाई आयोगले बोलायो



निर्वाचन आयोगले नेपाल कम्युनिस्ट पार्टीका दुबै पक्षलाई  छलफलका लागि बोलाएको छ । बिहिबार आयोगले केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डलाई छुट्टाछुट्टै पत्र काट्दै अध्यक्ष र अध्यक्षले तोकेका आधिकारिक व्यक्ति गरी ५/५ जनालाई बोलाएको हो ।

आयोगले शुक्रबार विहान साढे ११ बजे निर्वाचनसम्बन्धी छलफलका लागि दुबै पक्षका ५/५ जनालाई बोलाएपनि पठाएको पत्रमा दलसम्बन्धी विवादबारे छलफल गर्ने भनिएको छैन । तर अहिले नेकपा विवादको सन्दर्भ भएकाले त्यस विषयमा पनि छलफल हुने आयोगको भनाइ छ ।

आगामी निर्वाचन प्रयोजनका लागि दल दर्ता गर्न सूचना प्रकाशन गर्ने समय आउन लागेकाले त्यस विषयमा छलफल गर्न लागेको प्रवक्ता प्रवक्ता राजकुमार श्रेष्ठले बताए ।यसअघि नेकपाको दुईवटै पक्षको दावीआयोगले नपुग्ने बताएको थियो ।

प्रकाशित मिति : माघ १५, २०७७ बिहिबार  ९ : ४७ बजे