सर्वोच्चले लोकतन्त्रको पक्षमा फैसला गर्छ भन्ने विश्वास छ : महामन्त्री कोइराला



कांग्रेस महामन्त्री डा .शशांक कोइरालाले सर्वोच्चले संविधान अनुसार संसद पुनर्स्थापना गरेर लोकतन्त्रको पक्षमा फैसला गर्ने विश्वास ब्यक्त गरेका छन ।शहीद दिवसको अवसरमा नेपाली कांग्रेस जिल्ला कार्यसमिति पुर्वी नवलपरासीले कावासोतीमा आयोजना गरेको विचार गोष्ठीमा बोल्दै कोइरालाले यस्तो विश्वास ब्यक्त गरेका हुन ।

“केपी ओलीले संविधान विपरीत संसद विघटन गरेको हुँदा सर्वोच्चले पनि संविधान अनुसारनै संसद पुनर्स्थापना गर्ने कुरामा नेपाली कांग्रेस विश्वस्त छ, हिजो बिपीले पनि अदालतको विश्वास गर्नु भएको हो, आज हामी पनि सर्वोच्चलाई विश्वास गरौं फैसला संविधान अनुसारनै आउछ” कोइरालाको भनाई थियो ।

महामन्त्री कोइरालाले देशको पछिल्लो सङ्कटको समाधान गर्न अब कांग्रेसनै अग्रसर हुनुपर्ने धारणा राखे । कोइरालाले देश र लोकतन्त्र लाई सङ्कट पर्दा कांग्रेसलेनै समाधान दिएको समेत स्मरण गराए ।पार्टी भित्रको एकता र पार्टी पद्दत्तिलाई थप मजबुत पार्न जरुरी उल्लेख गर्दै कोइरालाले एकताबद्द भएर बर्तमान सरकारको संबिधान बिरोधी र अलोकतान्त्रीक कदमको बिरुद्दमा लाग्न पनि सबैलाई आग्रह गरे ।

कार्यक्रममा विभिन्न पार्टी परित्याग गरी थुप्रैले कांग्रेसको सदस्यता लिएका थिए । उनिहरुलाई महामन्त्री कोइरालाले कांग्रेसको सदस्यता प्रदान गर्दै पार्टिमा स्वागत गरे ।

 

प्रकाशित मिति : माघ १६, २०७७ शुक्रबार  १० : ४९ बजे