कसैसग घुँडा टेक्नुपर्ने अवस्था छैन : प्रधानमन्त्री ओलि



प्रधानमन्त्री केपी शर्मा ओलीले कसैसग घुँडा टेक्नुपर्ने कुनै अवस्था नआउने बताएका छन् । शनिबार चितवनमा आयोजित सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले निरंकुश पञ्चायती तानाशाही र निरंकुश राजतन्त्रसँग घुँडा नटेकेको भन्दै अब घुँडा टेक्नुपर्ने कुनै आवश्यकता नरहेको  बताएका हुन् ।

प्रधानमन्त्री ओलीले देशको रक्षाका लागि आफूले जनतालई धोका नदिनेसमेत बताए । ुतपाईंहरुले धोका पाउनुहुन्‍न, देशको राष्ट्रियता रक्षा, राष्ट्रिय हितको रक्षा, स्वाधिनताको सही अर्थमा रक्षा र प्रयोग, जमिनको रक्षा अहिलेको सरकारले गर्नेछ । त्यसको अगुवाई मैले गर्नेछु तपाई्हरु ढुक्क हुनुस् ।ु

ओलीले अबको केही वर्षभित्र जनताले अनुभूत हुने गरी विकासका लागि सरकार लागीपरेको बताए । ुदाजुभाइ, दिदीबहिनीहरु ढुक्क हुनुस् । देशको विकास गरेरै छोडिन्छ, केही वर्षभित्रै जनताले अनुभूत गर्नेगरी विकास हुन्छु उनले भने ुआफू प्रधानमन्त्री भएपछि राष्ट्रियता, लोकतन्त्र, विकास निर्माण, शिक्षा स्वास्थ्य क्षेत्रका पूर्वाधार विकासको पक्षमा काम गरेको भन्दै उनले आत्मविश्वासका साथ अगाडि बढ्न नेता, कार्यकर्तालाई आग्रह गरे । ु

ओलीले आगामी वैशाखमा निर्वाचन भएरै छाड्ने दाबी गरे।

ओलिले आजै भरतपुरस्थित पुल्चोक–गोन्द्राङ छ लेन सडक स्तरोन्नति कार्यको शुभारम्भ गरेका थिए ।तेस्तै ओलिले ओलीले भरतपुरमा निर्माण गर्न लागिएको भरतपुर सिटीहलको शिलान्यास गरेका थिए ।

प्रकाशित मिति : माघ १७, २०७७ शनिबार  १२ : २६ बजे