सभामुख अग्निप्रसाद सापकोटाले संवैधानिक निकायहरुमा नियुक्ति भइ संसदीय सुनुवाईका लागि संसदमा दर्ता भएका नामहरु फिर्ता पठाएका छन् ।सभामुख सापकोटाले नियुक्ति बिबादास्पद भएको भ न्दै नियुक्तिकोको सिफारिस पत्र आइतबार संसद सचिवालयबाट फिर्ता पठाइदिएका हुन् ।
५ पौषमा प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्को बैठकबाट प्रतिनिधि सभा विघटनको सिफारिश राष्ट्रपतिसमक्ष पठाएपछि उक्त दिन अपरान्ह २ः १५ बजे सरकारले सुनुवाईका लागि संसद सचिवालयमा दर्ता गराएको थियो । लगत्तै २ः २१ मा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि सभा विघटनको सूचना जारी गरेकी थिइन् ।
तेस्तै सरकारले ३० पुसमा अध्यक्षसहित तीन सदस्य मात्र उपस्थित भएपनि परिषद्को बैठक बस्न सक्ने गरी संवैधानिक परिषद्सम्बन्धी अध्यादेश ल्याएको थियो । सोही दिन साँझ विपक्षी दलका नेता र सभामुखको उपस्थिति बिना नै राष्ट्रिय सभाका अध्यक्ष र प्रधानन्यायाधिशको उपस्थितिमा परिषद्को बैठकमार्फत प्रधानमन्त्री केपी शर्मा ओलीले रिक्त संवैधानिक अंगहरुमा विभिन्न व्यक्तिहरुलाई नियुक्त गरेका थिए ।








