नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले प्रधानमन्त्री केपी शर्मा ओली सरकारले हुँदै नभएको अधिकारलाई दुरूपयोग गरेर संसद विघटन आरोप लगाएका छन् ।
भातृ संस्थाहरूले साेमबार काठमाडौंमा आयोजना गरेको विरोध सभालाई सम्बोधन गर्दै नेता सिंहले भने ‘ ओली सरकारले हुँदै नभएको अधिकारलाई दुरूपयोग गरेर, जनभावना विपरित, संविधान कुल्चेर संसद विघटन गरेको हो ।’
यो कदम असंवैधानिक, अलोकतान्त्रिक र बदनियतपूर्ण रहेकाे र यसले लोकतान्त्रलाई प्रहार गरेको नेता सिंहले बताए ।
साथै नेता सिंहले चुनाबका लागी नभई आफु तानाशाह बन्न ओली सरकारले संसद बिघटन गरेको आरोप समेत लगाए ।








