कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले सरकार विरुद्धको संघर्ष थप सशक्त बनाउनुपर्ने धारणा सार्बजनिक गरेका छन । संवैधानिक निकायमा भएको नियुक्ति र सपथले सरकार सर्वसत्ताउन्मुख भएको भ न्दै प्रवक्ता शर्माले यस्तो धारणा सार्बजनिक गरेका हुन् ।
‘दम्भ र द्वन्द्वको परिणाममा संविधानको मर्म विपरीतको कर्मसाथ सर्वसत्ताउन्मुख प्रवृत्ति विरुद्ध, संघर्ष झनै घनिभूत बनाउनुपर्ने निष्कर्षमा छौं हामी’ शर्माले सामाजिक सञ्जाल ट्विटरमा लेखेका छन्।
विधि उल्लंघनको प्रवृत्तिप्रति कांग्रेसको प्रष्ट विमति रहेको शर्माले उल्लेख गरेका छन्। संवैधानिक परिषद् सम्बन्धी अध्यादेश, संवैधानिक परिषद्को बैठक र बुधबारको सपथग्रहणप्रति कांग्रेसको विरोध रहेको उनले बताएका छन्।








