निर्बाचन आयोगले सरकारसग ७ अर्ब ७ करोडभन्दा बढी बजेट माग गरेको छ । सरकारले घोषणा गरेको मध्यावधी निर्वाचनका लागि निर्वाचन आयोगले सरकारसँग सो बजेट माग गरेको हो ।
आयोगको मङ्गलवार बसेको बैठकले दुई चरणमा हुने प्रतिनिधि सभा निर्वाचनका लागि ७ अर्ब ७ करोड ९४ लाख ८० हजार रुपैयाँ अर्थ मन्त्रालयसँग माग गर्दै पत्राचार गरेको हो ।
सकेसम्म कम खर्चमा मितव्ययी तरिकाबाट निर्वाचन सम्पन्न गर्ने गरी खर्च माग गरेको आयोगले जानकारी दिएको छ ।









