कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले संवैधानिक निकायहरुमा भएको नियुक्तिप्रती आपत्ती प्रकट गरेका छन ।
सामाजिक सञ्जाल ट्विटरमा प्रतिक्रीया दिदै बरीष्ठ नेता पौडेलले संसदीय सुनुवाइलाई समेत छलेर गरिएका संबैधानिक नियुक्तिहरु घोर आपत्ती जनक मात्र हैन लोकतान्त्रिक मूल्य मान्यता विपरीत समेत भएको बताएका हुन ।
बरीष्ठ नेता पौडेलले नियुक्तीका विरुद्ध सशक्त र संगठित प्रतिरोध गर्न पार्टी पंक्ति, बुद्धिजीवी र आम नागरिकमा अपिल समेत गरेका छन ।
चर्को बिबादका बिचमै संवैधानिक निकायमा सिफारिस गरिएकाहरुलाई बुधबार बिहान राष्ट्रपति कार्यालयमा शपथ ग्रहण गराइएपछी सरकारको चौतर्फी आलोचना शुरु भएको छ ।








